नियम
बर्ड फ्लू नियन्त्रण समिति
(१) बर्ड फ्लू नियन्त्रण सम्बन्धी कार्य गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको बर्ड फ्लू नियन्त्रण समिति रहनेछः-

(क) प्रमुख जिल्ला अधिकारी २ संयोजक (ख) प्रतिनिधि, जिल्ला समन्वय समिति - सदस्य (ग) बर्ड फ्लू देखा परेको स्थानीय तहको

प्रतिनिधि - सदस्य (घ) मेडिकल सुपरिटेण्डेन्ट, जिल्ला अस्पताल - सदस्य (ङ) प्रमुख, पशु क्वारेन्टाइन कार्यालय वा

चेकपोष्ट - सदस्य (च) जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू - सदस्य (छ) प्रमुख, राष्ट्रिय निकुञ्ज वा वन्यजन्तु आरक्ष - सदस्य (ज) प्रतिनिधि, जिल्ला रेडक्रस सोसाइटी - सदस्य (झ) प्रमुख जिल्ला अधिकारीले तोकेको

पन्छीपालक व्यवसायीको प्रतिनिधि एक जना - सदस्य (ज) प्रमुख, कार्यालय -सदस्य -सचिव

(२) उपनियम (१) बमोजिमको समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसार बस्नेछ।

(३) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका विषय विज्ञ वा सरोकारवालालाई सो समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।